कांग्रेसको राष्ट्रिय जागरण अभियान वैशाख ११ बाट सुरु

काठमाण्डु टुडे २०७६ वैशाख ३ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, ३ बैशाख – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ ।

वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसलाई बुझाउन जागरण अभियान सुरु गर्न लागिएको बताए ।

उपसभापति निधिकाअनुसार पहिलो चरणमा ७७ जिल्लामा हुनेछ । यो कार्यक्रम एक महिना लामो हुनेछ ।

दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us