
बझाङ, १ वैशाख – गत शुक्रबार पक्राउ परेका विप्लव नेतृत्व नेकपा समूहका बझाङ जिल्ला सचिव भरत मल्लको घरमा शनिबार जिल्ला प्रहरी कार्यालयको टोलीले खानतलासी गर्दा हातहतियार फेला परेको छ ।
खानतलासीका क्रममा मल्लको घरबाट फोल्ड गर्न मिल्ने कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, फोन सेट एक थान, चरेशजस्तो देखिने कालो पदार्थ, विद्युतीय तार १०।५ मिटर, र बम बनाउन प्रयोग गरिने पाइप (सकेट) एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताए ।
मल्लमाथि थप अनुसन्धानका क्रममा मल्लको घरमा खानतलासी गरिएको केसीको भनाइ छ ।
सबै प्रक्रिया पुर्याएर नै मल्लको घरमा प्रहरीले खानतलासी गरेको डीएसपी केसीले बताउनुभयो । शुक्रबार दिउँसो ३ बजेतिर विथ्थडचिर गाँउपालिकाको स्याँडी प्रहरी चौकीबाट खटेको प्रहरीले मल्ललाई पक्राउ गरेको थियो । प्रक्राउ परेका मल्ल अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
प्रहरीले सवारी साधन चेकिङ गर्ने क्रममा विथ्थडचिर गाँउपालिका नजिकै रहेको स्याँडी प्रहरी चौकीबाट मल्ललाई प्रहरीले प्रक्राउ गरेको थियो । कैलालीबाट घर आउँदै गरेको सूचनाका आधारमा मल्ललाई प्रक्राउ गरिएको डीएसपी केसीको भनाइ छ ।
मल्ललाई चन्दा संकलनको धम्की, ज्यान मार्ने धम्की, संघ–संस्था भत्काउनेसम्मको धम्की दिएको आरोपमा प्रक्राउ गरिएको हो