प्रधानमन्त्रीका बाबु र सासूले खोले बैंक खाता

काठमाण्डु टुडे २०७६ वैशाख १ गते १२:३० मा प्रकाशित

काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहन प्रसाद ओली र सासू (राधिका शाक्यकी आमा) धनमाया शाक्यले ‘खोलौं बैंक खाता’ अभियानमा सहभागी भएका छन् । ओली र शाक्य दुवैले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेका हुन् ।

सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिन आइतबारबाट देशभर ‘खोलौं बैंक खाता’ अभियान सुरु गरेको छ । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सुरु गरिएको अभियानको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा गृहमा उदघाटन गरे ।

यो अभियानमा खाता खोल्नेहरुलाई बैंकले एक सय रुपैयाँ आफैंले जम्मा गरिदिन्छन् । ग्राहकहरुले एक रुपैयाँ पनि शुल्क तिर्नु पर्दैन ।

तर बैंकले उपलब्ध गराउने एक सय रुपैयाँको मात्रै भर नपरेर आफू्लेसमेत १ सय रुपैयाँ थपेर खाता खोल्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us