
टेक्सास, १ वैशाख – अमेरिकाको टेक्सासमा शक्तिशाली आँधी आउँदा ३ जना बच्चा र एक महिला सहित चार जनाको मृत्यु हुनुका साथै करिब एक दर्जन घाइते भएका छन् । शनिबार अपरान्ह सो आँधी आउँदा थुप्रै घरहरुपनि क्षतिग्रस्त भएका छन् ।
एउटा घटनामा मृत्यु हुनेमा ८ र ३ वर्षका दुई बच्चा भएको जनाइएको छ । आँधीले गुडीरहेको गाडीमाथि रुख ढल्दा दुई बच्चाहरुको मृत्यु भएको बताइएको छ । अगाडिको सिटमा रहेका बाबु आमा भने सुरक्षित छन् । सो आँधी टोर्नाडो भएको समाचारमा उल्लेख छ ।
अर्को घटनामा वेस्ट मोनरोमा १३ वर्षिय बालक खाल्डोमा पर्दा उनको मृत्यु भएको छ । त्यसैगरी हाउस्टोनमा अर्की एक महिलाको मृत्यु भएको जनाइएको छ ।