गेरुवस्त्र ओढेर प्रधानमन्त्रीले भने– आदित्यको प्रतिभा विज्ञानका लागि चुनौती

काठमाण्डु टुडे २०७५ चैत ३० गते १६:५२ मा प्रकाशित

काठमाण्डु, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् ।

बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो ।’

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि,तपो भूमि र ज्ञान भूमि भएकोले आदित्य जस्ता प्रतिभावानहरुको यहाँ जन्म भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरुलाई आदित्यसको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us