प्रधानमन्त्रीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाण्डु टुडे २०७५ चैत ३० गते १६:४४ मा प्रकाशित

काठमाण्डु, ३० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार(भोलि) बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ बर्ष २०७६ को उपलक्ष्यमा प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

नयाँ बर्षकै उपलक्ष्यमा शनिबार (आज) प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा रात्रिभोजको आयोजना पनि गरेका छन् ।

रात्रिभोजमा नेकपा स्थायी समितिका सदस्यहरु, मन्त्री परिषदका सदस्यहरु लगायत सत्तारुढ दलका नेताहरुलाई निम्त्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us