
रुकुम, २४ चैत्र – रुकुम पश्चिममा आयोजित वृहत् सांस्कृतिक सम्मेलनको नयाँ तरिकाबाट उद्घाटन गरिएको छ ।
सम्मेलनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री, पूर्व गृहमन्त्रीदेखि प्रदेशका मन्त्रीसम्म छमछमी नाचेका छन् । जनवादी गायक जीवन शर्माले सिट्ठी फुकेका छन् ।
पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नो फेसबूकमा राखेको भिडियोमा शर्मासहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री बिमला केसीसम्म छमछमी नाचेको देख्न सकिन्छ । जनवादी गायक जीवन शर्माले सिट्ठी फुकेका छन् । सबैलाई परम्परागत पोशाक (दौरा–सुरुवाल, ढाका टोपी)मा देख्न सकिन्छ । आइतवार शुरू भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।
हेर्नुहोस, भिडियोः
बृहत सांस्कृतिक सम्मेलन २०७५ ,रुकुम(पश्चिम)नयाँ तरिका बाट उदघाटन ।
Posted by Janardan Sharma on Sunday, April 7, 2019