रोनाल्डो र नेमारकाे आज जन्मदिन

काठमाण्डु टुडे २०७५ माघ २२ गते १४:३९ मा प्रकाशित

एजेन्सी – मंगलबार (आज)विश्वका दुई स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र नेमार जुनियर जन्मदिन मनाउँदै छन् । आज उनीहरु आ–आफ्नो जन्मदिन मनाउँदै छन् ।

फेब्रुअरी ५, १९८५ मा पोर्चुगलमा जन्मिएका क्रिस्टियानो रोनाल्डो आज मंगलबार ३४ वर्षमा प्रवेश गरेका छन् । फेब्रुअरी ५, १९९२ मा ब्राजिलमा जन्मिएका नेमार जुनियर आज २७ वर्षमा प्रवेश गरेका छन् । रोनाल्डो नेमारभन्दा ७ वर्षले जेठा हुन् ।

हाल रोनाल्डो इटालिएन क्लब यूभेन्ट्सबाट खेलिरहेका छन् । नेमार फ्रान्सको पिएसजीबाट खेलिरहेका छन् । दुवै आफ्नो देश तथा क्लबका प्रभावशाली खेलाडी हुन् ।

रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो दोस सान्तोश आभिरो हो । रोनाल्डोले पाँच पटक बालुन डि’ओर अवार्ड प्राप्त गरिसकेका छन् ।

नेमारको पुरा नाम नेमार दा सिल्भा सान्तोष जुनियर हो । नेमारले सन् २०१३ देखि २०१७ सम्म चारवर्ष स्पेनिस स्टार क्लब बार्सिलोनाबाट खेले ।

उलने बार्सामा रहँदा २ ला लिगा, ३ कोपा डेल रे, एक च्याम्पियन्स लिग, एक सुपर कोपा डि स्पाना तथा एक क्लब विश्वकप जिते।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us