
काठमाण्डु, १७ माघ – गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले मिनेन्द्र रिजालले बोलेका थिए । लगतै सांसदहरु उठेका छन् ।
सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदहरुलाई पटक–पटक बस्न विशेष अनुरोध गरेका थिए । तर पनि निरन्तर विराेध गरेपछि सभामुखले बैठक माघ २० गते दिउँसोको ३ बजे बस्ने घोषणा गरेका छन् ।