घाइते महिलालाई हेलिकप्टरबाट काठमाण्डु लगियो

काठमाण्डु टुडे २०७५ माघ १३ गते १६:३१ मा प्रकाशित

गलकोट, १३ माघ – बागलुङ नगरपालिका–२ हल्लनचोकमा तीव्र गतिमा आएको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएकी एक महिलालाई थप उपचारका लागि हेलिकप्टरद्वारा काठमाण्डु लगिएको छ ।

आज बिहान तीव्र गतिमा पोखरातर्फ जाँदै गरेको ग १ ज ५२९९ नं को जिपले स्थानीयवासी २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिँदा उनी सख्त घाइते भएकी थिइन् ।

घाइते सापकोटालाई धौलागिरि अञ्चलअस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डाइनेष्टिक एयरको हेलिकप्टरमार्फत काठमाण्डुस्थित शिक्षण अस्पताल लगिएको घाइतेका आफन्तले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक अर्जुन बस्नेत र जिपलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us