
काठमाण्डु, ११ माघ – डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्ने दवाव दिन पुगेका विवेकशील नेपाल दलका नेता–तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो व्यवस्थापिका संसद भवन अगाडिबाट ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा विवेकशीलका संयोजक उज्वल थापा, मिलन पाण्डे, शशी विक्रम कार्की अजिता राई लगायतका छन् ।