सबै विदेशी मुद्राको मुल्य बढ्यो

काठमाण्डु टुडे २०७५ माघ ३ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, ३ माघ – बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोककोे विदेशी मुद्राको विनिमय दर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो बुधबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको थियो ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । बुधबार खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो बुधबार १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ बिहीबार एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ ।

बुधबार स्थिर रहेको मलेसियन रिंगिट बिहीबार केही पैसाले बढेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ । हिजो खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा रहेको थियो ।

आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०१ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकको तुलनामा केही बाणिज्य बैंकहरुले भने केही पैसा तालमाथि गरेर मुल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us