सुनको मूल्य ह्वात्तै बढ्यो

काठमाण्डु टुडे २०७५ माघ १ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १ माघ – सुनको मूल्य प्रतितोला ६१ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ४ सय रुपैयाँले महँगिएको हो । महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यअनुरुप सुनको मूल्य बढेको दावी गरेको छ ।

विगत एक वर्षको तथ्यांक हेर्दा सुनको मूल्य न्यूनतम ५४ हजार एक सय रुपैयाँसम्म झरेको छ । आजको मूल्य भने ६ वर्षयताकै महँगो हो । यसअघि सुनको मूल्य २०६९ भदौमा ६३ हजारसम्म पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us