सुनको मुल्य घट्यो

काठमाण्डु टुडे २०७५ पुष २९ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, २९ पुस – आइतबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

शुक्रबार प्रतितोला ६० हजार ७ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज तोलामा ६० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६० हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर ७ सय ६० रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us