सुनको भाउ बढ्यो

काठमाण्डु टुडे २०७५ पुष २४ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, २४ पुस – मंगलबार (आज) सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us