काठमाण्डु, २३ पुस – सोमबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ । आइतबार पनि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा नै थियो ।
सोमबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । आइतबारको तुलनामा कतारी रियाल एक पैसा बढेको छ । आज युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ छ ।
मलेसियन रिंगिट, कुवेती दिनार र बहराईन दिनारको मूल्य भने सोमबार घटबढ भएको छैन् । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रीदर २७ रुपैयाँ ०५ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ १२ पैसा र बिक्रीदर २९६ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकको तुलनामा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।