
एजेन्सी– भारतीय अभिनेता आमिर खान तथा अभिनेत्री अुनष्का शर्मा अभिनित फिल्म पीकेले बलिउडमा व्यापारको नयाँ इतिहास पनि कायम गर्दै छ, विरोधको पनि चर्को सामना गर्नु परेको छ ।
कथित रुपमा धार्मिक भावना भड्काउने दृष्य प्रशारण गरको भन्दै भारतीय जनता पार्टी (भाजपा) समर्थित धार्मिक अतिवादी संगठनहरुले फिल्ममा रोक लगाउने माग गर्दै आमिर खानको पुतला जलाएका छन् ।
फिल्मको विरोध गर्दै राजनीति गर्नेहरुको कतारमा योगगुरु बाबा रामदेव पनि अगाडी सरे उनले फिल्मले धार्मिक सहिष्णुतामा आँच पु¥याएको जिकिर गर्दै आमिर खानको आलोचना गरे । उनले सरकारले फिल्ममा प्रतिबन्ध लगाउनु पर्ने पनि बताए ।
भाजपा समर्थित बजरंग दल, राइट विङ, तथा मुस्लिम कार्यकर्ताहरुले फिल्मको प्रशारणमा रोक लगाउनु पर्नेमाग गर्दै फिल्म हलहरुमा तोडफोड तथा प्रर्दशन गर्दै फिल्म चल्न दिएनन् ।
ती संगठनहरुले भारतको राजधानी नई दिल्ली, राजस्थान, नागपुर तथा गुजरातको भुवनेश्वरका फिल्म हलमा तोडफोड, प्रर्दशन, आगजनी गरे ।