‘गोर्खालीको सपना मेरो पनि सपना’ भन्ने मोदीले किन भुले वाचा ?

काठमाण्डु टुडे २०७१ पुष १५ गते १:१२ मा प्रकाशित

इलाम १५ पुस– भारत स्वतन्त्र भएदेखि नै दार्जिलिङसहितको नेपाली मूलका भारतीय बसेको भूमिको स्वायत्तता माग गर्दै आएकाहरुलाई नरेन्द्र मोदी सरकारले पनि चित्त दुखाएको छ ।

modi

चुनावताका ‘गोर्खालीको सपना मेरो पनि सपना’ भनेर भोट मागेका मोदीले सत्तामा पुगेपछि वाचा बिर्सेको गुनासो दार्जिलिङका नेपालीभाषीहरुले गरेका छन् ।

गोर्खाल्यान्डका पक्षमा लडेकाहरुले मोदीले चुनावताका गोर्खाल्यान्डको सपना पालेका पहाडी समुदायको मतका लागि मात्र झुट बोलेको गुनासो गरेका छन् ।

पहिचानको आन्दोलनमा अग्रमोर्चामा रहने दार्जिलिङ बजारका रोशन भुटियतले गुनासो गरे, ‘अरुले जस्तै मोदीले पनि वाचा भुले ।’

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङमाथि गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन जिटिए पाएपछि आन्दोलनको आन्दोलन तुहाएर पदका लागि काम गरेको आरोप लागेको छ । उनी अहिले जिटिएका प्रमुख छन् ।

भारत स्वतन्त्रताको पहिलो अध्यायदेखि गोर्खाहरुले गोर्खाल्यान्ड माग्दै आएका छन् ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us