
एजेन्सी– पाकिस्तानको इस्लामावाद अदालतले मुम्बई हमलाका प्रमुख योजनाकार जकिर रहमान लख्वीलाई कैद मुक्त गर्न आदेश दिएको छ ।
आतंकवादविरोधी एक अदालतले गत डिसेम्बर १८ मा उनलाई जमानतमा रिहा गर्न आदेश दिए पनि संघीय सरकारले उक्त आदेश कार्यान्वयन गर्न अस्वीकार गरेको थियो ।
संघीय सरकारको निर्णयविरुद्ध उनले उच्च अदालतमा निवेदन हालेका थिए । उनको निवेदनमाथि सोमबार सुनुवाई गर्र्दै इस्लामावाद अदालतले उनलाई रिहा गर्न भनेको हो ।
भारतीय सरकारले यसअघि उनलाई जमानतमा छाड्न दिइएको आदेशप्रति आपत्ति जनाएको थियो ।
भारतले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएपछि द्विपक्षीय सम्बन्धमा खटपट आएको थियो ।
सन् २००८ मा मुम्र्बस्थित ताज होटलमा भएको त्रासदीपूर्ण आक्रमणमा १ सय ६६ जनाको ज्यान गएको थियो ।