
बेइजिङ, १४ पुस– आइतबार बिहान हराएको एयर एसियाको विमानको खोजीका लागि चीनले सहयोग गर्ने भएको चिनियाँ विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
यसअघि नै चीनले इन्डोनेसियालाई विमान खोजी कार्यको सहयोगको लागि विमान र पानी जाहाज पठाउने इच्छा व्यक्त गरिसकेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हु चुङयीङ्गद्वारा जारी विज्ञप्तिमा जनाइएको थियो ।
इन्डोनेसियाको पूर्वी जाभाको सुराबायाबाट सिङ्गापुरतर्फ उडेको एयरबस ए३२०–२०० विमानको चालक दलका सदस्यसहित १६२ व्यक्तिसहित बेपत्ता भएको जनाइएको छ ।
यस विमान बेपत्ताबाट मलेसियाली विमान सेवाका लागि ठूलो चोट परेको छ । उक्त विमान सेवाको यस वर्षको तेस्रो सङ्कटको रुपमा यो विमान हराएको छ । रासस÷