
काठमाण्डु, १३ पुस– एमाओवादीको आइतबार बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्तावमा बोल्दै माओवादी नेता बाबुराम भट्टराईले विश्व नयाँ परिवेशमा प्रवेश गरेको भन्दै मालेमावादको विकास गर्नु पर्ने बताएका छन् ।
‘अहिले सम्म जेनतेन यहाँसम्म आईयो अब पनि मालेमावादको विकास गरिएन भने हामी अगाडी बढ्ने सक्ने अवस्था आउँदैन’, भट्टराईलाई उदृत गर्दै प्रवक्ता दिनानाथ शर्माले काठमाण्डु टुडेलाई भने ।
उनले मालेमावादको विकास गरेर अगाडी बढने साहस देखाउनु पर्ने भन्दै उनले पार्टीको नेतृत्व गर्न परे पछि नहट्ने संकेत दिए । आइतवारको बैठकमा भट्टराई तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।
धारणा राख्ने क्रममा भट्टराईले अध्यक्षको राजनीतिक प्रस्तावलाई समर्थन गर्दै अगाडी बढ्नु पर्ने सुझाब राखेका थिए । प्रचण्डले ‘विचार र संगठन निर्माणको प्रश्नबारे’ भन्ने राजनीतिक प्रस्ताव केन्द्रीय कमिटीमा पेस गरेका छन् ।