गैंडाको आक्रमणबाट एक जनाको ज्यान गयो

काठमाण्डु टुडे २०७१ पुष १३ गते ११:१४ मा प्रकाशित

चितवन, १३ पुस– चितवनमा गैंडाको आक्रमणमा परेर एकजनाको ज्यान गएको छ । मेघौली–५ बस्ने ६४ वर्षिया नाथुराम चौधरीको ज्यान गएको हो ।

Gainda
सदावहार सामुदायिक वन निरीक्षण गर्न जाने क्रममा शनिबार दिउँसो चौधरीमाथि गैंडाले आक्रमण गरेको थियो । आक्रमणमा परेर घाइते भएका चौधरीलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा लगिएको थियो । उनको अस्पतालमै मृत्यु भएको थियो ।
चौधरी उक्त वनको समिति सदस्य रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us