कीर्तिपुरबाट १३ विद्यार्थी पक्राउ

काठमाण्डु टुडे २०७१ पुष १३ गते ११:३० मा प्रकाशित

काठमाण्डु, १३ पुस– सेमेष्टर प्रणालीको खारेजी माग गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आन्दोलन गर्दै गरेका १३ विद्यार्थी संगठनका १३ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

Yam Nath Giri

सेमेस्टर प्रणाली महंगो भएको तथा वार्षिक २० हजार विद्यार्थीले पढ्ने क्याम्पसमा सेमेस्टर प्रणाली लागु भएपछि जम्मा ५ हजारले पढ्न मिलेको तथा अन्यलाई पढ्नबाट बञ्चीत गरिएको भन्दै विद्यार्थीहरु आन्दोलनरत छन् ।

‘हिजोको दिनमा जहाँ २० हजार विद्यार्थीले पढ्ने गर्दथे आज त्यहाँ सेमेस्टर प्रणालीले गर्दा जम्मा ५ हजार विद्यार्थीले पढ्न पाई रहेका छन् तथा हिजो जहाँ विद्यार्थीले डिग्री गर्न १० हजारमा पढ्न पाउने गर्दथे आज सेमेस्टर प्रणालीले ५० हजार भन्दा धेरै खर्च गर्नुपर्ने अवस्था छ ।’, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष जागृत रायमाझीले काठमाण्डु टुडेसँग भने ।

पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य यमनाथ गिरी, विश्वविद्यालय कमिटीका भिम भुर्तेल सहित पक्राउ परेको रायमाझीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us