काठमाण्डु, १३ पुस– अर्थमन्त्री डा. रामशरण महतले माघ ८ को समयसिमाभित्र संविधानजारी गर्न असम्भव रहेको बताएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले संविधान आउनेमा ढुक्क रहन आग्रह गरेको भोली पल्ट अर्थमन्त्री महतले संविधान नआउने बताएका हुन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा आईतबार बोल्दै उनले संविधानजारी गर्ने भनेर तोकिएको मितिसम्ममा संविधानका अन्र्तवस्तुमा सहमति कायम गर्न सके ठूलो उपलब्धि हुने भन्दै जनतालाई ढाँट्न नहुने स्पष्ट पारे ।
मन्त्री महतले विवादित विषयमा सहमित कायम गर्न भन्दै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले धेरै समय व्यतित गरेको भन्दै अब सहमित हुन सके तत्काल सहमतिकायम गरिनु पर्ने नभए विवादित विषयलाई थाँती राखेर भएपनि संविधानजारी गर्ने त्यो पनि नभए प्रक्रियामा जानुको विकल्प नभएको स्पष्ट पारे ।
उनले संविधान घोषणा गर्न समय लाग्ने भएको भन्दै संविधानजारी गर्ने निर्धारित मितिसम्म विवादित विषयको टुँगो लगाउन सक्नु नै अहिलेको अवस्थामा ठूलो विजय हुने धारणा राखे ।
उनले संघीयतामा मिल्न नसकेका मुद्धा जस्तै प्रदेशको नामांकन र सिमांकनको विवादभने प्रादेशिक सभालाई टुँग्याउन दिनुपर्ने धारणा राखे ।
हिमाल, पहाड र तराईबीच अन्र्तसम्बन्ध भएको उल्लेख गर्दै आर्थिक–सामाजिक अन्र्तसम्बन्धलाई अलग राखेर संघीयतमा जानै नसकिने बताए । ‘घीयतामा जाँदा मुलुकले धेरै प्रदेश थेक्ने सक्दैन, त्यसैले पहाड र मधेशलाई अल्ग्याउन सकिँदैन ।’, उनले भने ।