सीके राउत आमसभामा जाँदाजाँदै पक्राऊ

काठमाण्डु टुडे २०७१ पुष १३ गते ९:५९ मा प्रकाशित

काठमाण्डु, १३ पुस– राज्य विप्लबको अभियोगमा पक्राउ परेका सीके राउतलाई प्रहरीले महोत्तरीको जलेश्वरमा आयोजना गरिएको आमसभामा जाँदै गर्दा आइतवार पुनः पक्राउ गरेको छ ।

Ck 1

सदरमुकाम जलेश्वरको महेन्द्र चोकमा आयोजना गरिएको सभालाई राउत सम्बोधन गर्न जादै थिए । राउतलाई पक्राउ गरे लगत्तै जलेश्वर प्रहरी कार्यालय पुगेका उनका समर्थक र प्रहरीका बीच झडप समेत भएको राउतको अभियानमा हिडेका कैलाश महतोले काठमाण्डु टुडेलाई बताए ।

जलेश्वरको महेन्द्रचोकमा आमसभा जारी रहेको छ जसमा राउतका समर्थक नेताहरुले सम्बोधन गरि रहेका छन् । राउतका समर्थकहरुले आमसभाको कार्यक्रम सकिए लगत्तै जलेश्वर प्रहरी कार्यालयमा सामूहिक गिरफ्तारी दिने योजना रहेको महतोले बताए ।

राउतको गिरफ्तारीसँगै पुर्वी मधेसका बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, नवलपरासी, रुपन्देही तथा कपिलबस्तुमा विरोध जुलुस निकालिने तयारीभै रहेको स्वतन्त्र मधेस गठबन्धन नवलपरासीका संयोजक मदन यादवले बताए ।

महोत्तरी प्रशासनले भने उनको सुरक्षा चुनौती बढेकाले उनको सरक्षा गर्ने दायित्व प्रशासनको भएको भन्दै उनलाई सुरक्षीत राखिएको बताएको छ । महोत्तरीका साहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘सुरक्षाका कारण नियन्त्रणमा लिइएको हो भरे सम्म छोडिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us