कारागारभित्र गाँजा ओसारपसार गर्ने व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०७१ पुष १३ गते ९:०७ मा प्रकाशित

काठमाण्डु, १३ पुस– कैदीबन्दीहरुका लागि बाहिरबाट गाँजा पुर्याउने धन्दा गर्ने एक व्यक्तिलाई इलाम प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार इलामका बन्दीलाई गाँजा लैजाँदै गर्दा इलाम नगरपालिकाका ३३ वर्षीय बालकाजी राई शनिबार पक्राउ परेका हुन् ।

gaja
आकाश नामबाट समेत चिनिने राईको साथबाट प्रहरीले ५० ग्राम गाँजा भेटेको छ ।
राईलाई गाँजाको परिणाम कम भएकाले अन्य मुद्दा लगाइने प्रहरीले जनाएको छ । राई यसअघि जबर्जस्ती करणी मुद्दामा दुई वर्ष जेल परेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us