राम कार्कीले भने– ‘मैले हेटौँडा महाधिवेशनमै प्रचण्डमाथि प्रश्न उठाएको थिएँ’

काठमाण्डु टुडे २०७१ पुष १३ गते ६:१३ मा प्रकाशित

काठमाण्डु, १३ पुस– एमाओवादी पोलिट्ब्युरो सदस्य राम कार्कीले दुई वर्षअघि नै आफूले नेतृत्वका बारेमा फरक मत राखेको बताएका छन् । एमाओवादीभित्र नेतृत्व परिवर्तनका सम्बन्धमा चर्चा चलिरहेकै बेला नेता कार्कीले हेटौंडा महाधिवेशनमै आफूले नेतृत्व र विचारधाराबारे फरक मत राRam Karkiखेको बताएका हुन् ।

‘महाधिवेशनमा मैले फरक राजनीतिक दस्तावेज नै पेस गरेको थिएँ तर पत्रकारहरुले लेखिदिएनन्,’ उनले काठमाण्डु टुडेसँग लामो कुराकानी गर्दै भने, ‘मैले पहिलोपटक त्यहीँ हो पार्टीले नाकले सास फेरिरहेको छैन भनेको पनि ।’
माओवादी पार्टी वर्गभन्दा पहिचान र जातिको राजनीतिमा गएकोमा कार्कीले असन्तुष्टि व्यक्त गरे ।
नेतृत्व परिवर्तनको मुद्दालाई उनले कम्युनिस्ट आन्दोलनको नसुल्झिएको प्रश्नका रुपमा व्याख्या गरे । ‘उत्तराधिकारीसम्बन्धी प्रश्न कम्युनिष्ट आन्दोलनमा नसुल्झिएको प्रश्न हो । रुसमा लेनिनले स्तालिनलाई नेतृत्व हस्तान्तरण गर्न खोजे तर पछिल्लो अवस्थामा स्तालिनले मात्र सक्दैनन् कि भनेर ट्रटस्की जो प्रतिभाशाली पनि थिए उनीसँग मिलेर नेतृत्व सम्भालिदिए हुन्थ्यो भन्ने विचार राखे । तर त्यो पनि बहसमै छ ।’
कार्कीले दक्षिण एशियामा नेताहरुले हुर्कन नसक्ने बिरुवालाई बढी नै मलजल गरेको दाबी गरे । ‘नेपाल, भारत वंगलादेशमा हुर्कन नसक्ने विरुवालाई नेताहरुले बढी नै मलजल र गोडमेल गरेको देखियो । त्यस्तो किन गर्दारहेछन् भने यो हुर्केर मेरो उचाइ नाग्दैन भन्ने भएपछि मात्रै त्यसमाथि नेताहरुको विश्वास ह्वात्तै बढेर जाँदोरहेछ ।’
अध्यक्ष प्रचण्डले अघि सारेको नेतृत्व हस्तान्तरणसम्बन्धी विषयलाई उनले रोग एकातिर, उपचार अन्यत्रै गर्न खोजिएको जिकिर गरे । भने, ‘माओवादीमा अहिले नीति र नेतृत्व दुवैका अगाडि प्रश्न चिन्ह खडा भएको छ । नेतृत्व र नीति भनेको एउटा प्रणाली विकास गर्ने हो । त्यसो नगरी नेता फेरिएर मात्रै केही हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us