आइएसद्वारा लिबियामा २२ सैनिक र २० सर्वसाधारणको हत्या

काठमाण्डु टुडे २०७१ पुष ११ गते ९:२३ मा प्रकाशित

लिबिया, ११ पुस–इस्लामिक स्टेटका विद्रोहीले बिहीबार राति २२ जना लिबियाली सैनिकको हत्या गरेको समाचार आएको छ ।

ती विद्रोहीले उक्त तेल केन्द्रको हमला गर्न जाने क्रममा थप २० जना सर्वसाधारणको पनि हत्या गरेका बताइएको छ ।

लिबियाको एक तेल प्रशोधन केन्द्र कब्जा गर्ने प्रयासस्वरुप उनीहरुले डुङ्गा चढेर सैनिक केन्द्रमा हमला गरेका थिए ।

ती विद्रोहीले उक्त तेल केन्द्रको हमला गर्न जाने क्रममा थप २० जना सर्वसाधारणको पनि हत्या गरेका बताइएको छ ।

उनीहरुले लिबियाको बेन्घाजी सहरको एक पूर्वी नगरमा हमला गरेका हुन् । त्यहाँ उनीहरुले पहिलादेखि नै सो तेल प्रशोधन केन्द्रलाई नियन्त्रणमा लिने असफल प्रयास गर्दै आएका छन् ।

उनीहरुले सो केन्द्र कब्जा गर्न बारम्बार प्रयास गर्ने गरेको र बिहीबार पनि उनीहरुको सो प्रयास असफल भएको जानकारी सैनिकले दिएको छ ।

उनीहरु बिजुलीबाट चल्ने द्रुत गतिको डुङ्गाबाटै रकेट प्रहार गरेकोका कारण त्यहाँ रहेको तेल केन्द्रको केही भाग क्षतिग्रस्त भएको बताइएको छ ।

इस्लामिक स्टेटले लिबिया र सिरियामा लामो समयदेखि हत्या हिंसा मच्चाउँदै आएका छन् । जसका कारण कैयौँ सर्वसाधारण पनि मारिएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us