
एजेन्सी– प्रियंका चोपडा २०१४ साल अत्यन्त उत्साहजनक रहेको बताउँछिन् । उनको फिल्म ‘मेरी कोम’ बक्स अफिसमा सफल फिल्ममा दरियो भने उनका फ्यानहरुले उनलाई ‘क्वीन प्री’को उपाधी दिए । तर उनी पुरुष अभिनेताको तुलनामा महिला अभिनेत्रीहरु राम्रो फिल्म खेल्दा पनि स्थापित हुन निकै कठिन भएको अनुभव सुनाउँछिन् । प्रियंकासँगको कुराकानी यहाँ प्रस्तुत छ :
अमेरिकाको टिभी नेटवर्क एबिसी टेलिभिजनसँग जोडिनु कस्तो अनुभूति थियो ?
मैले एक वर्षअघि एबिसीसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिएँ । अच्चम्म नमान्नु होला म कुराहरु गोप्य राख्न सिपालु छु । सम्झौता पत्र सारै ठुलो थियो, यसमा समय लाग्यो । म जनवरीमा यसैका लागि जाँदैछु भन्ने घोषणा पनि गरिसकेकी छु । मलाई एउटा प्रतिभाका रुपमा साइन गरिएको हो । मेरो वरीपरी एउटा शोका लागि पटकथा लेखिने छ, जसको पुरै बेहोरा तय भैसकेको छैन । मैंले त्यहाँ दुई महिना बिताउनु पर्ने हुन्छ । अनि कयौं लेखक, निर्माताहरुले मलाई विचारहरु बताउने छन् । केही मन प¥यो भने २०१५ मा मैले एउटा शो गर्ने तय भएको छ । यसमा अलिक समय त लाग्छ ।
कुनै फिल्म गर्दैगर्दा तपाईंको मस्तिष्कमा कस्तो खाले कुरा खेल्ने गर्छ ?
मंैले जहिले पनि कुनै फिल्म गर्दा बारम्बार गरेको प्रयास के हो भने दर्शकलाई त्यस फिल्ममा प्रियंका होइन कि त्यसै फिल्मको पात्रलाई हेर्दैछु भन्ने अनुभूति होस । ‘बर्फी’, ‘डँन’, ‘सात खून माफ’ होस अथवा ‘मेरी कोम’ सबै फिल्ममा मैंले त्यहीको पात्रको भूमिकालाई हेरेर गरेँ । ‘मेरी कोम’ मेरा लागि सबै भन्दा बिशेष फिल्म हो । मेरो बुबाको मृत्युको चार दिन पछाडि मैले सुटिङ थालेकी थिए । बुबा बितेको सम्पूर्ण दुःख यसै फिल्ममा समाहित भयो । म पातली छु त्यही भएर बक्सरको जस्तो संगठित शरीर बनाउन तीन महिना टे«निङ लिनु प¥यो । मलाई भित्रैदेखि के लागि रहेको थियो भने मेरो अनुहार मेरीको जस्तो भएन भने दर्शले मलाई स्विकार्ने छैनन् ।
यस बर्ष जुन सपना लिनु भएको थियो, त्यो पुरा भयो ?
म १७ वर्षकी थिँए जब म मिस इन्डिया प्रतियोगितामा जितेर आँए । त्यतिबेला सोचेकी पनि थिइन कि म जीवनभर यहीँ रहने छु । जब मिस वल्र्ड बनेँ, त्यसबेला बल्ल मनमा लाग्यो थोरै मोडलिङ गरौँ अनि पढाइमा ध्यान दिउँला । त्यसैबेला केही फिल्महरुमा अफर आए र म यतै रुमल्लिएँ । तर आज पनि म त्यही १७ बर्षकी केटी नै हुँ, जो आज पनि सट कस्तो हुने हो भनेर फिल्मको सेटमा डराउँछे, म राम्रो गर्न सक्छु कि सक्दिन भनेर डराउँछु । कसैले मलाई केही भन्यो भने अथवा कसैलाई मेरो काम मन परेन भने के होला भन्ने सोचेर आँखाबाट आँसु आउन थाल्छ । म बदलिएकी छैन तर परिस्थिति बदलिएका छन् ।
आफ्नो यस यात्राको क्रममा फिल्म उद्योगको कुन–कुन कुरा मन परेन ?
एउटा कलाकार, मनोरञ्जनकर्ता के का लागि काम गर्छ ? मात्र दर्शकको थपडीका लागि होइन । हामी परिश्रम गछौं मानिसहरु मन पराउँछन् । त्यसको प्रसंशा गर्छन त्यो नै महत्वपूर्ण कुरा हो । कति चोटी मलाई फिल्म उद्योगभन्दा बाहिरी मान्छे भएको भावना आयो, अप्ठेराहरु झेल्नु पर्यो तर आखिरमा फिल्म उद्योगले बाहिरदेखि आएकी एउटी केटीलाई स्विकार ग¥यो । मेरो क्षमताको आधारमा मलाई मानिसहरुले स्वीकारे त्यही भएर म खुसी छु । तर यसको पनि मुल्य चुकाउनु पर्छ । यदि म विरामी हुन्छु भने पनि हाँसेर मानिसहरुलाई न भेट्ने हो भने तपाई मलाई मन पराउनु हुन्न । मसँग साधारण केटी हुने छुट छैन् ।
सबैभन्दा धेरै कतिबेला हुने गर्छ ?
मानिसहरु तपाईंलाई देखाएर निर्णय सुनाउने गर्छन्, तपार्इंको जीवनलाईं स्कैनिङ गर्छन, त्यो मलाई मन पर्दैन । सामाजिक सञ्जालमा हिजो आज सारै सजिलो भएको छ । मानिसहरु जे पनि लेखिदिन्छन्, गाली गर्न… यी सबैमा मानिसहरु भुल्ने गर्दछन्, म एक जना केटी हुँ र मेरो पनि परिवार छ, जसका कारण मलाई दुःख हुन्छ । म बारम्बार आफ्नो गोप्यता कायम राख्न प्रयास गर्ने गर्दछु । आफ्नो सुरक्षित स्थान मलाई धेरै मन पर्छ ।
जहिले पनि तपाई फ्लप हो भनेर भनिदै गर्दा अथवा स्क्रिनमा नदेखिरहँदा तपाई ‘बर्फी’, ‘मेरी कोम’बाट बाउन्स गर्नु हुन्छ । के रणनीति हो ?
केटीहरुलाई कुनै पनि कुराको जस दिइँदैन । महिलाहरु हरेक ठाँउमा मेहनत र धेरैतिर काम गरेर पनि घर र काम दुवैतिर सफलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्छन् । मलाई त कयौंचोटी खारेज गरिएको छ । ‘फैसन’ र ‘दोस्ताना’ भन्दा अघि सात वटा फिल्महरु फ्लप भयो, तब मेरो करियर नै अन्त्य गरिदिए । मैले कुनै जबाब दिन उचित सम्झिन । प्रारम्भदेखि नै मेरो एउटै मन्त्र थियो र छ, मेरो कामले बोल्नु पर्छ । म चुप भएर काम गर्छु र त्यसैले मानिसहरुलाई देखाउँछ ।
अभिनेत्रीको करियर पुरुष अभिनेताको तुलनामा असाध्यै कम किन हुन्छ ? यसमा परिवर्तन होला ?
यसमा मानिसहरुको पूर्ववत सोचाइले ठूलो भूमिका खेलेको छ । यस्तो कथाहरु स्विकारिनुपर्छ जसमा, ३० अथवा ४० पारीका अभिनेत्रीहरु रोमान्स गरुँन् । विवाहित अभिनेत्रीहरुलाई स्विकारिनु पर्ने हुन्छ । उद्योग र दर्शकहरुका वाहेक अभिनेत्रीहरुलाई पनि आफ्नो भूमिका आजको समय अनुरुप झनै अद्वितीय छान्नुपर्ने हुन्छ । जस्तै ‘डर्टी पिक्चर’मा विद्या वालनको, ‘क्वीन’मा कंगना रणावतको, अथवा ‘चेन्नई एक्सप्रेस’मा दीपिका पादुकोणको भुमिकालाई फेर्ने हो भने पूरै फिल्म नै फेरिन्छ । अबको समय भनेको महिलाहरुको सशक्त अभिनयको हो । आउने समयमा अभिनेत्रीहरुलाई यो बदलावको ठूलो फाइदा हुनेछ । महिला सशक्त भूमिकामा आउँछे भने उसलाई धेरै कुरा सुनाउने गरिन्छ । केटाको सफलतालाई अलग सम्मान दिइन्छ भने म अथवा कुनै अरु नायिका महत्वकांक्षा राख्छे भने त्यसलाई नराम्रो भन्नुको साटो उसलाई आफ्नो गतिमा बढ्न दिनु पर्छ र उसको सपनालाई सानो भन्नु हुन्न ।
–स्रोत : दैनिक भाष्कर ।