ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु
काठमाण्डु टुडे
२०७१ पुष ११ गते ५:५४ मा प्रकाशित
परासी, ११ पुस–पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला जङ्गलमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युभएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३२ प ३३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना२ख ८४२५ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइलक चालक नवलपरासी नयाँबेलाहानी–८ का भूपा कोइरालाको घटनास्थलमै र सोही स्थानका प्रेम कोइरालाको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जानकारी दिएको छ। रासस