
बागलुङ, ११ पुस– ग्रामीण क्षेत्रका बासिन्दाले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भनेर बागलुङको एक सहकारीले एम्बुलेन्स सेवा सुरु गरेको छ ।
जिल्लाको दक्षिण बरेङमा रहेको बिहानी बहुउद्देश्यीय सहकारी संस्थाले स्वास्थ्य उपचारमा सहज पहुँचका लागि एम्बुलेन्स सेवा सुरु गरेको हो ।
पूर्ण राजस्व छुटमा सहकारीमार्फत रु करिब १० लाखको लागतमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको सहकारीका सचिव कृष्ण पौडेलले जानकारी दिए ।
एम्बुलेन्स सेवाबाट बागलुङ र गुल्मीका २२ गाविसका बासिन्दाले लाभ लिनसक्ने जनाइएको छ ।
सहकारीले न्युनतम् शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने बताउँदै आफ्ना सेयर सदस्यका लागि १० प्रतिशत छुटसमेत दिने जनाएको छ ।