चिसोले महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ११ गते २:५४ मा प्रकाशित

महोत्तरी, ११ पुस– कठ्यांग्रिदो जाडोबाट बिहीबार महोत्तरीको लक्ष्मिनियामा एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लक्ष्मिनिया–९ का ४२ वर्षीया पूर्णीदेवी सदा रहेको स्थानीय सन्तोष सिंहले बताए ।

सदासहित अहिलेसम्म चिसोका कारण जिल्लाको मनरा, जलेश्वर नगरपालिका, सिस्वाकटैयामा गरी चार जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us