इलाममा १ हजार ८ सय २४ हेक्टर वन अतिक्रमण

काठमाण्डु टुडे २०७१ पुष ११ गते २:३२ मा प्रकाशित

इलाम, ११ पुस– जिल्लामा सामुदायिक र राष्ट्रिय वन गरी १ हजार ८२४ हेक्टर वन अतिक्रमण भएको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लाका २४ गाविसमा रहेका सामुदायिक र राष्ट्रिय वन अतिक्रमणमा परेका हुन् ।

दानवारी गाविसमा ७ सय हेक्टर, माइमझुवामा २ सय हेक्टर, बा“झो र चुलाचुलीमा २ सय ५० हेक्टर वन अतिक्रमण भएको सहायक वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिए ।
त्यस्तै कोल्वुङमा १ सय १०, शान्तिपुरमा सय, महमाइमा १सय ८३ हेक्टर, नामसालिङमा २९ हेक्टर, जोगमाइमा ३३, पुवामझुवामा १२, माईपोखरीमा १०, फुएतप्पामा १५ हेक्टर सरकारी तथा सामुदायिक वन अतिक्रमण भएको छ ।

वन क्षेत्र अतिक्रमण गरेर सुकुम्वासी बसेका छन् भने अधिकांश अतिक्रमित वन क्षेत्रमा बजार विस्तार भएको छ । वन कार्यालयका अनुसार २ सय २९ वन समुदायमा हस्तान्तरण गरिए पनि ५० भन्दा बढी सामुदायिक वन अतिक्रमणको चपेटामा परेकोे छ ।

वन कार्यालयले अतिक्रमण हटाउन बजेटसहितको कार्ययोजना वन मन्त्रालयमा पेस गरे पनि हालसम्म उक्त योजना स्वीकृत नहुँदा वन क्षेत्र थप अतिक्रमित हुँदै गएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us