लन्डन, ११ पुस– अंग्रेजी चाडपर्वको मौका छोपेर एयरलाइन्स कम्पनीले युरोपबाट नेपाल जाने भाडा तेब्बर बृद्धि गरेका छन् ।
सामान्यतया नेपाल जान ५ सय पाउन्ड पर्ने टिकट फेस्टिभ सिजनमा १ हजार ६ सय पाउन्डसम्म पुगेको नेपाली व्यवसायीहरुले बताएका छन् ।
‘एयरलाइन्सहरुको हाइ यिल्ड जेनेरेट ‘बढी मुनाफा’ गर्ने बेला यही हो’, लन्डनस्थित एउटा ब्यस्त ट्राभल एजेन्सी ट्राभल कन्सोलका प्रबन्ध निर्देशक विराज भट्ट भन्छन, ‘नेपाल जाने सिधा उडान नभए पनि एयरलाइन्सा नेटवकै ब्यस्त हुने भएर यस बेला भाडा महँगो पर्छ ।’
यतिखेर सर्वत्र क्रिसमस र अंगैजी नयाँ वर्षको माहोल छ । स्कुल कलेज एवं विश्वविद्यालयमा समेत अहिले जाडो विदा भएकाले घर फर्कनेहरु बढेका छन् ।
युरोपबाट फर्कदा नेपालीहरुको रोजाइमा विशेषगरी जेट, कतार, टर्किस, ओमान इत्तेहाद एयरवेज र एयर इन्डिया पर्दछन् ।
कान्तिपुर दैनिकबाट