काठमाण्डु, १० पुस– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विकले माघ ८ मा कुनै हालतमा संविधान जारी गर्न नदिने चेतावनी दिएका छन् ।
जनताले नियन्त्रण गुमाइसकेको संविधानसभाबाट जारी हुने संविधानले मुकुललाई निकास नदिने भन्दै उनले त्यस्तो संविधान कुनै हालतमा स्वीकार्य नहुने बताए ।
‘बलमिच्याईं गरेर संविधान जारी गरे प्रतिकार गर्छौं’, रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा विकले भने, ‘कागजको खोस्टोको रुपमा आउने संविधान मान्दैनौं ।’
अर्को एक फरक प्रसंगमा उनले एकीकृत माओवादी काँग्रेस–एमालेको पुच्छर बनेको आरोप लगाए ।
उनले आफूहरुको सहभागिताबिना संविधान जारी गरिए अनिष्ठ हुने चेतावनी दिए ।