
एजेन्सी– हङकङको एक व्यस्त सडकमा गुडिरहेका गाडीबाट लाखौं पैसा सडकमा छरपस्ट खसेको छ ।
क्रिसमसका दिन बिहीबार बिहानै व्यस्त सडकमा पैसाका दर्जनौं बिटा खसेको थियो ।
गाडीले पैसा खसालेपछि पैसा टिप्नेहरुको भिड लागेको थियो । साउथ चाइना मर्निङ पोष्टका अनुसार अकस्मात पैसा खसेको देखेपछि बाटामा हिंडिरहेका मानिसहरुले सकेजति टिपेर लगेका थिए ।
बैंकबाट पैसा झिकेर ल्याएको उक्त गाडीबाट २० लाख डलरभन्दा बढी रकम खसेको बताइएको छ ।
यसैबीच प्रहरीले पैसा टिप्नेहरुमाथि कारबाही हुने बताएको छ । प्रहरीले नोटको सिरियल नम्बसका कारबाही हुने चेतावनी दिएपछि केहीले पैसा फिर्ता गरेका छन् ।
एजेन्सी