तेह्र वर्षीया आत्मघाती आक्रमणकारी पक्राउ

काठमाण्डु टुडे २०७१ पुष १० गते ११:५५ मा प्रकाशित

एजेन्सी–नाइजेरियाली प्रहरीले एक तेह्र वर्षीया आत्मघाती आक्रमणकारी बालिकालार्ई पक्राउ गरेको समाचार छ ।

नाइजेरियाको उत्तरपश्चिम कानो सहरमा गत डिसेम्बर १० मा कान्टिन क्वारी बजारमा भएको आक्रमणको घटनामा संलग्न रहेकी ती बालिकालाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

कानो सहरस्थित पत्रकारहरुलाई प्रहरी प्रमुख आडेरेन्ले सिनाबाले १३ वर्षीया ती बालिका पक्राउ परेकी बताएका थिए ।

उपचारका लागि कानो अस्पतालमा गएकी ती बालिकालाई प्रहरीले पक्राउ गरेको सिनाबाले थप जानकारी दिए ।

कानो सहरमा गत डिसेम्बरमा कन्टिन क्वारी बजारमा भएको आक्रमणमा घाइते भएपछि उपचारका लागि उनी अस्पताल पुगेकी प्रहरीले जानकारी दिएको छ ।

नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी भिषण आक्रमणहरुमा महिला र बालबालिकासहित हजाराँै व्यक्तिको मृत्यु भइसकेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us