यी मन्त्रीलाई पक्रेर थुन्न सक्छौ त बामदेव ?

काठमाण्डु टुडे २०७१ पुष १० गते ५:५४ मा प्रकाशित

काठमाण्डु- सरकारले सार्वजनिक स्थलमा धूपमान गर्नेमाथि कानुनी कारबाही गर्ने भन्दै एकपटक अभियान नै चलाएको थियो ।

यद्यपि उक्त अभियान सार्थक हुन सकेन । सुरुका दिनहरुमा केही प्रभावकारी देखिएको सरकारी प्रयास अहिले प्रभावहीन भएको छ ।

hari 2

सरकारले प्रतीक्षालय, अस्पताल, रेष्टुरेन्ट, होटल, सिनेमाहल लगायत मानिसको बढी भिडभाड हुने स्थानमा चुरोट र सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाएको छ ।

hari 3

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६६ मा सार्वजनिक स्थलमा धुपमान गर्नेमाथि एक सय रुपैयाँ र चुरोटको ठुटो पाल्नेलाई ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
hari 4तर सार्वजनिक कार्यक्रममा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारबाही गर्नुपर्ने सरकारमा एक मन्त्रीले नै आफू प्रमुख अतिथि रहेको एक कार्यक्रममा सुर्ती माडेर खाएपछि उक्त विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

hari 5उनले सुर्ती खाएनन् मात्र धुलो उड्ने गरी माडेर पड्काउनुका साथै सुर्ती खाएरु थुकेसमेत । कृषिमन्त्री हरि पराजुलीले सुनसरीको धरानमा बुधबार भएका एक कार्यक्रममा प्रमुख अतिथिको कुर्सीमै बसेर त्यस्तो हर्कत गरेका हुन् ।

hari 6

सर्वसाधारणले सार्वजनिक स्थालमा सुर्ती चुरोट खाए नियन्त्रणमा लिएर कारबाही गर्ने निकायमा रहेका मन्त्रीले नै कानूनवपरीत काम गरेकामा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले उनीमाथि कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन देलान् त ?

hari 7

तस्वीर सौजन्य, प्रेम बास्तोला/नयाँ पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us