प्रचण्डले बामदेवलाई भनेर रोकेका थिए विप्लवको गिरफ्तारी

काठमाण्डु टुडे २०७१ पुष १० गते १४:१६ मा प्रकाशित

biplavकाठमाण्डु, १० पुस–नवगठित नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ पर्नबाट बालबाल जोगिएको खुलासा भएको छ ।

उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सार्क शिखर सम्मेलनमा ‘गढबढ गर्न सक्ने’ भन्दै विप्लवलाई केही दिन समातेर थुन्न सुरक्षा निकायलाई निर्देशन नै दिएका थिए ।

तर सुरक्षा निकायले निर्देशन कार्यान्वयन गर्नुअघि नै बामदेवले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरी विप्लवलाई सार्कभर पक्राउ गरी थुन्न लागेको जानकारी गराएका थिए ।

श्रोतका अनुसार प्रचण्डले विप्लवलाई पक्राउ गरे परिस्थिति भड्कने भन्दै त्यसो नगर्न आग्रह गरेपछि बामदेव पछि हटेका थिए ।

‘सरकारमा बसेर परिस्थितिलाई उत्तेजित पार्ने काममा नलाग्नुस्’, प्रचण्डको भनाइ उद्धृत गर्दै बामदेवका एक सहयोगीले काठमाण्डु टुडेसँग भने, ‘विप्लवले शान्ति सुरक्षामा खलल गर्ने के काम गरेका छन् र तपाईं पक्राउ गर्न खोज्दै हनुुहुन्छ ?’

प्रचण्डसँगको टेलिफोन वार्तापछि बामदेवले तत्काल आफ्नो अघिल्लो निर्देशन कार्यान्वन नगर्न सुरक्षा निकायलाई भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us