
एजेन्सी–भारत बिहारको जमुई जिलेबाट पुलिसले एक करोड ७७ लाख भन्दा बढी नगद रकम फेला पारेको छ ।
स्रोतका अनुसार युक्त रकम जमिनको तल गाडेर राखिएको अवस्थामा फेला परेको हो ।
केहि समय अघि एचडीएफसी बैँकको चार करोड रुपैयाँले भरिएको एक कन्टेनर गायव भएको थियो । बरामद रकम सोहि रकमकोे एक हिस्सा भएको जनाइएको छ ।
केहि मजदुरले सो कन्टेनर हात पारेको सुराकको आधारमा पुलिसले खोजतलास गरेको थियो । स्रोतका अनुसार यस घटनामा संलग्न भएको आशंकामा ११ जनालाई गिरफ्तार गरिएको छ ।