
धादिङ, ७ पुस– उत्तरी धादिङको विकटक्षेत्र री गाविस–४ मा क्रिसमस मनाउने कार्यक्रममा सहभागी हुन् धादिङ निर्वाचन क्षेत्र नं. १ का तीनवटै सांसद् हेलिकोप्टर चार्टर गरेर पुगेका छन् ।
चोके गाउँस्थित हिमालय प्राथमिक विद्यालयको प्रांगढमा शुक्रबार इशाई धर्मावालम्बीहरुले क्रिसमस डे को आयोजना गरेका थिए । सोही कार्यक्रममा प्रमुख अतिथि बन्न धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने तीनजना सभासद् हेलिकोप्टर चार्टर गरेर कार्यक्रमस्तल पुगेका हुन् ।
राज्यमा धर्मपरिवर्तन र धार्मिक स्वतन्त्रतासम्बन्धी चर्काे बहस चलिरहेको बेला क्रिसमस डे मनाउन री गाउँमा रहेको चर्चले आमन्त्रण गरेपछि एमालेका घनबहादुर घले, कांग्रेसका दिलमान पाख्रिन र राप्रपाका परशुराम तामाङ हेलिकोप्टरबाट कार्यक्रम स्थल पुगेका हुन् ।
अन्नपूर्णपोस्ट दैनिकबाट