
एजेन्सी– अस्ट्रेलियाको उत्तरी नगर केन्समा आफ्ना सात सन्तानसहित आठ बालबालिकाको हत्या गरेको आरोपमा एक आमा परेकी छन् ।
उनले शुक्रबार राति ती घरैमा छुरी हानेर आफ्ना सन्तानको सामूहिक हत्या गरेकी थिइन् । मृतक ५ देखि १४ वर्षसम्मका चार बालिका र चार बालक छन् ।
यद्यपि हत्याको कारणबारे प्रहरीले केही जानकारी नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
घटनापछि पूरै सहर शोकमा डुबेको छ । घटनामा संलग्न महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनको मानसिक अवस्था जाँच्नका लागि केन्स बेस अस्पतालमा राखिएको छ । घटनापछि पूरै अष्ट्रेलिया स्तब्ध भएको छ ।
प्रहरी नियन्त्रणमा अस्पतालमा रहेकी ती महिलाले घटनाबारे भगवानसँग माफी मागेकी छन् ।