प्रचण्डले बालुवाटारमा केपी ओलीलाई के भनेर थर्काए ?

काठमाण्डु टुडे २०७१ पुष ५ गते १५:३० मा प्रकाशित

prachanda-kp oliकाठमाण्डु, ५ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका एमाओवादी नेताले आफूहरुलाई धम्की दिएको बताएका छन् ।

संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठक एमाओवादीले बहिस्कार गरेपछि बाहिरिने क्रममा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बैठकमा प्रचण्डले आफूहरुलाई धम्की दिएको बताए । यद्यपि कस्तो धम्की भन्ने उनले खेलाएनन् । ‘आफ्ना कुरा अरुले मान्नैपर्छ तर अरुका कुरा सुन्न हुँदैन भन्ने चरित्र देखाएर धम्काउने र थर्काउने काम भयो’, ओलीले भने ।

ओलीले आफूहरु सहमतिमै संविधान जारी गर्न लचक हुँदाहुँदै एमाओवादीले एकोहोरो निहुँ मात्र खोजिरहेको आरोल लगाए ।

एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने विगतका सहमति र प्रतिबद्धताअनुसार परिवर्तन संस्थागत गर्ने संविधान बनाऔं भन्दा धम्की ठानेको टिप्पणी गरे ।

उनले काँग्रेस–एमालेको २०४७ सालकै संविधान ब्युताउँन खोजेकाले वार्ताको औचित्य सकिएको निष्कर्षसहित आफूहरु बाहिरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us