प्रधानमन्त्रीबाट राजीनामा दिने मोदीको चेतावनी

काठमाण्डु टुडे २०७१ पुष ४ गते १०:४६ मा प्रकाशित

 

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नै दलका अतिहिन्दुवादी नेताहरुले हैरान पारेपछि स्वतन्त्रतापूर्वक काम गर्न नदिए राजीनामा दिने धमकी दिएका छन् ।

 

Modi

केही दिन यता उनको पार्टी भारतीय जनता पार्टीलाई परिचालन गर्ने संघ परिवारका नेता सहित उनकै मन्त्रीमण्डलका केही नेताहरुले विभिन्न रुपमा हिन्दुत्वलाई बचाउ गर्नुपर्ने भाषणबाजी गरेपछि भारतमा विरोध भैरहेको सन्दर्भमा मोदीको यस्तो भनाई आएको हो ।

संघ परिवारका नेताहरुलाई भेटेर मोदीले आफुलाई भारतीय जनताले पुर्ण बहुमतका साथ सरकारमा पठाएको तर स्वतन्त्ररुपमा काम गर्न नदिए राजीनामा गर्न थोरै पनि समय नलगाउने बताएका हुन् ।

हाल भारतमा राम मन्दीर बनाउन हुने कि नहुने भन्ने बिषयले तातो बहसको रुप लिएको बेला मोदीले अहिले राम मन्दीर बनाउने समय नभएको भन्दै देशमा धेरै काम गर्न बाकी रहेको भारतीय पत्रिका अमर उज्यालाको अनलाईन संस्करणले उल्लेख गरेको छ ।

विभिन्न धार्मिक विषयमा हिन्दुत्वको मुद्धालाई उचाल्ने संघ परिवारका नेता तथा कार्याकर्तालाई मोदीले धम्कीपूर्ण भाषा प्रयोग गरेपछि अहिले सबै नरम भएको समाचारमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us