
एजेन्सी–नाइजेरियाको सधै अशान्त भइरहने गुमसुरी गाउँमा बोको हराम आतङ्ककारी समूहले ३२ व्यक्तिको हत्या गर्नुका साथै अन्य सयौँलाई अपहरण गरेका स्थानीय अधिकारी र प्रत्यक्षदर्शीहरुले बिहीबार जानकारी दिएका छन् ।
बोको हराम आतङ्ककारी समूहको यस हिंसामा दुर्गम क्षेत्रबाट महिला बालबालिकासहित सय भन्दा बढी व्यक्ति अपहरणमा परेका स्थानीय अधिकारीहरुका जनाएका छन् ।
सो आतङ्ककारी समूहले ‘चार युवाको हत्या गरेपछि हाम्रा श्रीमतीहरु र छोरीहरुको अपहरण गरेका छन्’ मुखतार बुबा नामक एक व्यक्तिले बताएका छन् ।
गत अप्रिलमा पनि बोको हराम आतङ्ककारी समूहले दुई सय भन्दा बढी युवतीलाई एक विद्यालयकबाट अपहरण गरेको थियो ।
अफगानिस्तानमा आठ सैनिक र १४ आतङ्ककारी मारिए
अफगान राष्ट्रिय सैनिकले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गत २४ घन्टासम्म जारी राखेको कारबाहीको क्रममा आठ अफगान सैनिक र १४ तालिवानको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ ।
अफगान सैनिकले अफगानिस्तानको नानर्गाहार, बादख्सान, गजनी, र जावजानमा जारी राखेको सो कारबाहीमा १४ जना सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु हुनुको साथै अन्य १० तालिवान घाइते भएका र एक सय सात भन्दा बढी संदिग्ध तालिवानी आतङ्ककारी पक्राउ परेका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।