
काठमाण्डु, पुस १ – प्रधानमन्त्री सुशील कोइरालाले धर्मनिरपेक्षताविरोधी अभिव्यक्ति दिएको भन्दै उनको राजीनामा मागिएको छ । एमाओवादी भातृ संगठन मुस्लिम मुक्ति मोर्चाले प्रधानमन्त्री सुशील कोइरालाको राजिनामा मागेको हो ।
प्रधानमन्त्री कोइरालाले धर्मनिरपेक्षताबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार र संविधान विरुद्धको भन्दै मोर्चाले मंगलवार विज्ञप्तिमार्फत् राजिनामा मागेको छ । प्रधानमन्त्री कोइरालाले एक सार्वजनिक कार्यक्रममा अन्तरिम संविधानमा धर्मनिरपेक्षता समेटिएकोमा आफूलाई थाहा नभएको धारणा राखेका थिए ।
मोर्चाका संयोजक हकिकुल्लाह खाँनद्वारा मंगलवार विज्ञप्तिमार्फत् संविधानविपरित अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई उक्त पदमा बसिरहन नैतिकताले नदिने भएकाले तत्काल राजिनामा दिन माग गरिएको छ ।
विज्ञप्तिमा त्यही अन्तरिम संविधानअनुसार प्रधानमन्त्री नियुक्त भएका कोइरालाले ुधर्मनिरपेक्षता संविधानमा कसरी आयो, मलाई थाहा छैनु भन्नु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको उल्लेख गरेका छन् । अन्तरिम संविधान २०६३ ले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र समानुपातिक प्रतिनिधित्वलाई स्विकारेकाले त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरिएको छ ।