तालिबानी हमलामा एक सय ३२ को मृत्यु, १०० विद्यार्थी

काठमाण्डु टुडे २०७१ पुष १ गते १२:२९ मा प्रकाशित

एजेन्सी– पाकिस्तानको पेशावर शहरको खैबर पख्तूनख्वाहमा अवस्थित एउटा सैनिक विद्यालयमा तालिबानीहरुले गरेको हमलामा एक सय ३२ जनाको मृत्यु भएको छ ।

peshawar_school_attack

हमलामा मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थी बालबालिका, शिक्षक र सैनिक रहेका पाकिस्तानी मीडियाले जनाएका छन् । खैबर पख्तुनका स्वास्थ्य मन्त्री शेहराम तरकाईले घटनाको निन्दा गर्दै मृत्यु हुनेहरुको पुष्टी गरेका हुन ।
यसैबीच सुरक्षाकर्मीको जबाबी कारवाहीमा परी पाँच तालिबान चरमपन्थीको समेत मृत्यु भएको छ । तालिबानले घटनाको जिम्मेवारी लिदै, केही दिन अघि सेनाले गरेको कारबाहीको जबाफी कारबाही भनेको छ ।
सैनिकहरुको भेषमा सैनिक विद्यालय पुगेका चरमपन्थीले विद्यालय भित्र गए लगत्तै अन्धाधुन्ध गोली तथा बमबारी गर्न शुरु गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमल जनाएका छन् ।
सेनाले ५ सय भन्दा धेरै विद्यार्थीहरुलाई सरक्षीत निकाल्न सफल भएपनि घटनामा त्यती संख्यामा मृत्यु भएको छ । त्यस क्षेत्रको अवस्था अझै पनि नियन्त्रणमा आई नसकेकाले त्यस विद्यालयमा कती जना थिए भन्ने यकिन हुन सकेको छैन् । मृत्यु हुनेमाअधिकांश विद्यार्थी रहेको त्यस क्षेत्रका अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानको सेनाले केही समय अघि उत्तरी बजीरिस्तानको खैबर इलाकामा गरेको कारबाहीका क्रममा कयौं तालिबानी मारिएको अनुमान गरिएको थियो ।
यसैक्रममा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले हमलाको निन्दा गर्दै त्यसको आलोचना गरेका छन् । हमलामा घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचार गराई राखिएको बीबीसील जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us