
एजेन्सी–अस्ट्रेलियामा विगत पाँच वर्षयता जन्मदरमा वृद्धि भएको अस्टे«लियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको अनुसन्धान प्रतिवेदनले जनाएको छ ।
उक्त संस्थाद्वारा प्रकाशित तथ्याङ्कमा हालका वर्षहरुमा औसत वार्षिक जन्मदर ३.४ प्रतिशत रहनुका साथै विगत १० वर्षको कुल जन्मदर २१.५ प्रतिशत रहेको पाइएको छ ।
त्यस्तै, महिलाले पहिलो सन्तान जन्म दिने उमेरको औसत मातृदरमा पनि अलिकति वृद्धि भई ३०.१ वर्ष पुगेको छ । एक दशकअघिसम्म औसत प्रथम मातृ उमेर दर २९.५ वर्ष रहेको थियो ।
एआइएचडब्लुकी प्रवक्ता डा जर्जिना च्याम्बरले संस्थाद्वारा प्रकाशित तथ्याङ्क प्रतिवेदनउपर प्रकाश पार्दै मुलुकमा पहिलो र त्यसपछिका सन्तान जन्म दिने औसत मातृ उमेर दरमा वृद्धि भई किशोरी अवस्थामै सन्तान जन्म दिने महिलाको सङ्ख्या घटेको उल्लेख गरेकी छन् ।
अस्टे«लियाली कुल महिला जनसङ्ख्यामध्ये सन् २००३ मा ३५ वर्ष वा सोभन्दा माथिका महिलाको औसत मातृदर १८.८ प्रतिशत रहेकामा सन् २०१२ मा यस अङ्क २२.४ प्रतिशतमा उक्लेको पाइएको छ ।
त्यस्तै, किशोरी अवस्थामै सन्तान जन्म दिने महिला सङ्ख्या २००३ मा ४.६ प्रतिशत रहेकामा हाल यो सङ्ख्या ३.६ प्रतिशतमा झरेको छ ।
राष्ट्रिय औसत मातृ उमेर भने आदिवासी वा टोरिस स्ट्रेट आइजल्यान्डर महिला समुदायमा अन्य अस्ट्रेलियाली सामान्य महिलाको तुलनामा पाँच वर्षले कम रहेको पनि तथ्याङ्कले जनाएको छ ।
सन् २०१२ मा सङ्कलित तथ्याङ्क हेर्दा तीन लाख सात हजार आमाका आफ्ना प्रथम शिशु सन्तान सङ्ख्या तीन लाख १२ हजार पुगेको पाइयो ।