तौथलीमा ६० फिट अग्लो राष्ट्रिय झन्डा फहराइयो

काठमाण्डु टुडे २०७१ पुष १ गते ७:५५ मा प्रकाशित

सिन्धुपाल्चोक, १ पुस–सिन्धुपाल्चोक जिल्लाकोे तौथली गाविस–७ मा करिब ६० फिट अग्लो नेपालको राष्ट्रिय झन्डा फहराइएको छ ।

nepal-flag2

तौथली गाविसको वडा नं ७ स्थित खागलको चुलीडाँडामा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरीमाईको मन्दिरको भग्नावशेष चिनाउन, संरक्षण गर्न झन्डा फहराइएको स्थानीय संस्था स्याउदाई मितेरी समाज तौथलीले जनाएको छ ।

समाजले विभिन्न रुख बिरुवा लगाउने तथा बगँैचा निर्माण जस्ता कार्यक्रम गरिरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us