सिड्नीमा ४० व्यक्ति अज्ञात बन्दुकधारीको कब्जामा

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते ७:३१ मा प्रकाशित

एजेन्सी– अस्टेलीयाको सिडनीमा रहेको एउटा क्याफेमा रहेका करिब ३० ग्राहक र १० कर्मचारी गरी ४० जनालाई बन्दुकधारीहरुले कब्जामा लिएपछि सिडिनीमा तनावग्रस्त अवस्था रहेको छ ।

2
एबीसी टीवीले समाचार प्रशारण गर्दै ती मध्ये पाँच जना मुक्त भएको बताएको छ । दुई मानिस सिसाको ढोकाबाट बाहिर आए भने अन्य एक ब्यक्ति आपातकालीन ढोकाबाट बाहिर आएका हुन् ।
क्याफेको बाहिर चारै तर्फ पुलिस तैनात गरिएको छ भने क्याफे भित्र रहेका बन्दुकधारीसँग प्रहरीले सम्पर्क गरि सकेको र बार्ता भइरहेको बताइएको छ ।
न्यू साउथ वेल्स प्रहरीले घटनाको विषयमा आफुहरुले ‘एउटा सशस्त्र घटनाको सामना गरी रहेको’ बताएको छ । प्रहरीले यो अपहरणमा आतंकवादी संगठनको संलग्नता छ कि छैन् भन्ने स्पष्ट गरी सकेको छैन ।
मुक्त भएका मानिसहरुको विषयमा प्रहरीले अझै केही भनि सकेको छैन् । उनीहरुलाई बन्दुकधारीले नै मुक्त गरेको हुन अथवा उनीहरु आफै फुत्किएर भाग्न सफल भए भन्ने खुल्न सकेको छैन ।
अस्टे«लीयाका प्रधानमन्त्री टोनी एबटले सर्वसाधारणसँग अपिल गर्दै शान्त रहन आग्रह गरेका छन् । उनले सरकारले घटनालाई गम्भिरतापूर्वक हेरी रहेको बताए । स्थानिय टेलिविजनहरुमा अपहरणकारीले कालो झण्डा लिएको तथा त्यसमा अरबी भाषामा ‘अल्लाह एक हुन’ भन्ने लेखिएको फुटेजहरु देखाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us